जन्मदिनको अवसरमा दृष्टिविहीन बालबालिकालाई

म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ मौवाफाँट निवासी नन्दकुमारी भण्डारीले आफ्नो ६१ औँ जन्मदिनको अवसरमा ज्ञानोदय माध्यमिक विद्यालयमा सञ्चालित दृष्टिविहीन स्रोत कक्षामा अध्ययनरत दृष्टिविहीन बालबालिकाहरुलाई जुत्ता, मोजालगायतको सामग्री सहयोग गर्दै । भण्डारीले दृष्टिविहीन स्रोत कक्षाका १० बालबालिकालाई रु १५ हजार बराबरको सहयोग गर्नुभएको हो । तस्वीर : कमल खत्री